बुटवल पावर कम्पनीले आफ्नो २७औं वार्षिक साधारण सभा आवहान गरेको छ ।
कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको २८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।
यस अघि कम्पनीको सञ्चालक समितिको सम्पन्न बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १८ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।
यसअनुसार कम्पनीले रु २४ करोड ४० लाख ५५ हजार ५०० बोनस र रु ४३ करोड ९२ लाख ९९ हजार ९०० नगद गरि कूल रु ६८ करोड ३३ लाख ५५ हजार ४०० लाभांश वितरण गर्नेछ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पौष २४ गते कार्की ब्याङक्वेट, बबरमहल काठमाडौंमा साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया