सिन्धु विकास बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२.०९ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
हाल बैंकको ५० करोड २७ हजार ३१६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरणपश्चात पूँजी ५५ करोड ७६ लाख पूँजी कायम हुनेछ ।
प्रतिक्रिया