पाँच वर्षपछि खुल्याे नेपाल फाइनान्सकाे सेयर कारोबार

६ बर्ष अगाडि

पाँच वर्षसम्म सेयर कारोबार बन्द भएको नेपाल फाइनान्स लिमिटेड कारोबार आजदेखि पुनः शुरु भएको छ । 

नेपाल स्टक एक्सचेञ्जले समस्याग्रस्त संस्थाबाट मुक्त गरेपछि फाइनान्सको धितोपत्रको कारोबार आजदेखि शुरु भएको हो ।  

नेपाल राष्ट्र बैंकले २०७१ मंसिर १७ गते फाइनान्सलाई समस्याग्रस्त संस्था घोषणा गरेपछि फाइनान्सको व्यवसायीक कारोबार सबै रोकिएको थियो।

२०७६ मंसिर २० गते राष्ट्रबैंकले फाइनान्सलाई समस्याग्रस्तबाट फुकुवा गर्ने निर्णय गरेसँगै फाइनान्स सञ्चालक समितिको बैठकले मंसिर २६ गते बिहीबारदेखि नियमित रुपमा ब्यवसायीक कारोबार थालेको थियो । 

फाइनान्सको मंसिर २५ गते सम्पन्न सञ्चालक समितिले कारोबार फुकुवा गर्न अनुरोध गर्दै २०७६÷७७ सम्मको धितोपत्र वार्षिक नवीकरण शुल्क बुझाएको थियो ।  

नेप्सेले २०७६ मंसिर ३० गते सोमबारदेखि धितोपत्र सूचीकरण स्थगन फुकुवा गरेसँगै मंगलबारदेखि कम्पनीको शेयर कारोबार खुला भएको हो।

फाइनान्सको शेयर मंगलबारबाट खरीद बिक्री गर्न मिल्ने भएसँगै पाँच वर्षसम्म बन्धक भएको लगानीकर्ताको सम्पत्ति गर्न सक्ने भएका छन्। 

कारोबार खुलेसँगै फाइनान्सको माग बढेको छ । नेप्सेको मार्केट डेप्थमा २३० कित्ताको माग हुँदा १० कित्ता शेयर मात्र बिक्रीका लागि राखिएको छ।

केन्द्रीय बैंकले नेपाल फाइनान्सलाई २०७१ मंसिर १७ गते ६ महिनाभित्र तोकिएका वित्तीय सूचकलाई नियम अनुसार कायम गर्न निर्देशन दिएको थियो। तर, फाइनान्स समस्याग्रस्त संस्थाबाट बाहिर आउनका लागि ५ वर्ष लागेको हो।

६ बर्ष अगाडि

प्रतिक्रिया