विकास बजेट खर्च गर्नमा सरकार अत्यन्तै कमजोर देखिएको छ ।
सरकारी खर्चको आँकडा राख्ने महालेखा नियन्त्रक कार्यालयको मंसिर मसान्तसम्मको तथ्याङ्कअनुसार सरकार खर्च गर्नमा कमजोर देखिएको हो।
महालेखाका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले यस अवधिमा ३७ अर्ब ४८ करोड ९३ लाख मात्र पूँजीगत खर्च गरेको छ।
यो कूल विकास बजेटको ९ दशमलव ०५ प्रतिशत मात्र हो ।
चालू आर्थिक वर्षको लागि सरकारले ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विकास बजेट छुट्याइएको थियो ।
पाँच महिनाको अवधिमा न्यून खर्च गरेपछि सरकारले अब ७ महिनामा ३ खर्ब ७१ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ ।
सँधैजसो असारे विकास भन्दै आलोचना भएपछि पूँजीगत खर्चमा सुधार गर्ने भनेपनि योवर्ष पनि उस्तै हालत देखिएको छ ।
चालुतर्फ भने सरकारको २५ दशमलव ८० प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको लागिछुट्याएको ९ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्च मध्ये पाँच महिनामा २ खर्ब ४६ अर्ब ९२ लाख खर्च भएको छ ।
वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ विनियोजन भएकोमा पाँच महिनामा १४ अर्ब १६ करोड रुपैयाँ अर्थात् ८ दशमलव ४४ प्रतिशतमा मात्रै खर्च भएको छ ।
प्रतिक्रिया