मुक्तिनाथ विकास बैंकको संचालकमा पुर्व सिईओ ढकाल

६ बर्ष अगाडि

मुक्तिनाथ विकास बैंकले नयाँ संचालक समितिमा ५ जनालाई  चयन गरेको छ। बैंकको पोखरामा आज सम्पन्न १३ औं साधारण सभाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ, निर्मला कुमारी के.सी।(कार्की) र शालिग्राम मिश्र रहेका छन् ।ढकाल बैंकका पूर्व सिईओ हुन ।

त्यस्तै, साधारण सभाले सेयरधनीहरुलाई १८.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। गत आर्थिक बर्ष ०७५÷०७६ को मुनाफाबाट १७.६० बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया