सनराइज बैंकले जारी गरेको ७ वर्ष अवधि रहेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र पूर्णरूपमा बिक्री भएको छ ।
गत असोज २० गते निष्कासन गरिएको उक्त ऋणपत्र मंसिर १९ गतेसम्म खुल्ला रहेको थियो ।
१०.२५ प्रतिशत ब्याज प्रदान गरिने उक्त ऋणपत्र कार्तिक २४ गते सम्ममा पूर्ण बिक्री भएको बैंकले जनाएको छ ।
सर्वसाधारण निष्कासनको तर्फबाट ४५ करोड ३८ लाख २९ हजार रुपैयाँ बराबरको ४५ लाख ३ हजार ८ सय २९ कित्ता र परिपत्र विधिको तर्फबाट २ अर्ब ५४ करोड ६१ लाख ७१ हजार रुपैयाँ बराबरको २५ लाख ४६ हजार १ सय ७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जानकारी दिएको छ ।
ऋणपत्रको बाँडफाँड मंसिर २७ गते शुक्रबार गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र पूर्णरूपमा बिक्री गर्न सफल भएको थियो ।
प्रतिक्रिया