साताको शुरुवातदेखि नै ओरालो यात्रा तय गरेको शेयर बजार तेश्रो दिन भने झिनो अंकले सुधार हुन खोजेको छ ।
मंलबार कारोबारको पहिलोघण्टादेखि नै सुधार हुँदै गएको नेप्से सूचक अन्तिममा १.२६ अंकले बढेको हो ।
आज ११५४.१८ विन्दुबाट शुरु भएको कारोबार बीचको केहीसमय ४.०५ अंकले बढेर ११५८.३६ पुगेपनि अन्तिममा फेरी ११५५.३७ विन्दुमा पुगेर अडिएको थियो ।
नेप्से परिसूचक सकारात्मक भएपनि पछिल्ला कारोबार दिनहरुमा कारोबार रकम भने निरन्तर घटिरहेको छ।
आइतबार ६८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा सोमबार घटेर ४० करोड ७९ लाख र मंगलबार २७ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज १६७ कम्पनीको ४ हजार ७ सय ३६ पटक कारोबार भएको शेयर बजारमा ८ लाख ४० हजार ६७७ कित्ता सेयर किनबेच भएको थियो ।
कारोबार भएका १२ समूहको मध्ये ८ समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूह ४६.५८ अंकले बढेको छ ।
त्यसैगरी निर्जीवन विमा ३८.७५, ब्यापार समूह १५.८४, माइक्रोफाइनान्स ९.८८, विकास बैंक ५.०३, अन्य समूह २.२९, हाईड्रो ०.२९ र म्युचुअल फण्ड ०.०२ अंकले बढे ।
घट्नेमध्ये सभैभन्दा धेरै होटल समूहको सूचक १२.७५ ले घटको छ । त्यस्तै निर्माणको ४.७५, वाणिज्य बैंक समूहको १.५९ र फाइनान्सको ०.२५ अंकले घटेको छ ।
खरिदबिक्री रकममा एनएमबि बैंकको अग्रता छ । यसको ३ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.६८५ का दरले कमाएका छन् । सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ६.८९५ का दरले गुमाएका छन् ।
प्रतिक्रिया