लैङ्गिक अन्तर सुचकांक २०१९ मा नेपालको स्थान कति ?

६ बर्ष अगाडि

वर्ल्ड इकोनोमिक्स फोरम डब्ल्युईएफको लैङ्गिक अन्तर सुचकांक २०१९ मा नेपालले आफ्नो स्थान सुधार गरेको छ। गत वर्षको तुलनामा यो वर्ष चार स्थान माथि  रहेर अहिले  १०१ औँ स्थानमा रहेको छ।यस्तै सन् २०१८ को प्रतिवेदनमा हेर्नै हो भने नेपाल १०५औँ स्थानमा रहेको थियो ।

सन् २०१९ को यो सुचीको पहिलो स्थानमा आइसल्याण्ड रहेको छ । गतवर्षमा  पनि आइसल्याण्ड नै पहिलो स्थानमा थियो ।र अहिले पनि आफ्नो स्थान कायम राखेको छ।  त्यस्तै दोस्रो स्थानमा नर्वे, तेस्रो स्थानमा फिनल्याण्ड, चौथो स्थानमा स्विडेन र पाँचौँ स्थानमा निकारागुवा रहेको छ ।

यसैगरी छैटौँ स्थानमा न्युजिल्याण्ड, सातौँ स्थानमा आयरल्याण्ड, आठौँ स्थानमा स्पेन, नवौँ स्थानमा रुवाण्डा र दशौँ स्थानमा जर्मनी रहेको छ । एसियाली देशको कुरा गर्ने हो भने बंगलादेश ५०औँ स्थानमा रहेको छ । इण्डोनेसिया ८५औँ, श्रीलंका १०२औँ, चीन १०६औँ, भारत ११२औँ र पाकिस्तान १५१औँ स्थानमा रहेको छ ।

यो सूचीमा यमन सबैभन्दा पुछारमा रहेको छ । यमन १५३औँ स्थानमा छ भने इराक १५२औँ स्थानमा रहेको छ । विश्व लैङ्गिक अन्तर सूचकांकले आर्थिक सहभागिता र अवसर, शैक्षिक योग्यता, स्वास्थ्य र जीवन रक्षा र राजनीतिक सशक्तिकरणजस्ता ४ आधारभूत विधाका आधारमा पुरुष र महिलाबीचको अन्तरजाँच गर्दछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया