काठमाडौं । अनलाइन सपिङको नाममा पछिल्लो समयमा लुटपाट बढेपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने भएको छ ।
इन्टरनेटको माध्यमबाट सोसल मिडियाहरुको प्रयोग गरेर वेवसाइटहरु बनाइ समान खरिद भैइरहेको तथा त्यसमा जोखिम समेत बढेपछि त्यसलाई नियन्त्रण गर्न लागिएको हो ।
अनलाइन सपिङमा विद्युतीय सामग्री, लुगाफाटा, भाडा, फर्निचर, औषधि र कस्मेटिक्स लगायतका बस्तुहरु सस्तोमा भनेर सजिलै विज्ञापन देखाएर ठगी भइरहेको छ ।
झुठो र भ्रमपूर्ण विज्ञापन गरी व्यापारिक कारोबार भइरहेको पाइउपछि सरकार त्यसलाई नियन्त्रण गर्न लागेको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्यस्ता व्यवसायलाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गर्न लागिएको जनाएको छ ।
सामाजिक सञ्जाल र वेवसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि सरकारले उनीहरूलाई कानुनी दायरामा ल्याउन लागेको हो ।
इन्टरनेटमार्फत वेवसाइट र समाजिक सञ्जालमार्फत सञ्चालन गर्दै आएका छन् । वस्तुको गलत विवरण राखेर बिक्री गर्ने, गुणस्तरहिन सामान बिक्री गर्ने, बढी मूल्य लिने, कबोल गरेअनुसार बिक्रीपछिको सेवा उपलब्ध नगराउने, समयमा वस्तुको डेलिभरी नदिने जस्ता कार्य यो व्यवसायबाट हुँदै आएको छ ।
प्रतिक्रिया