मुक्तिनाथको लाभांश पारित, चुनिए पाँच नयाँ सञ्चालक

६ बर्ष अगाडि

काठमाडौं– मुक्तिनाथ विकास बैंकको प्रस्तावित १८.५३ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको १३ औं वार्षिक साधारणसभाले शेयरधनीलाई १७.६० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९३ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

साथै, सभाले आव २०७५÷०७६ को वार्षिक प्रतिवेदन, आव २०७६०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

सभाले बैंकको नयाँ सञ्चालक समिति पनि गठन गरेको छ । सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रको चयन भएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया