पुनर्बीमा कम्पनीको सीईओ नियुक्तीमा ढिलाईः २ पटक क्यान्सील गरियो उम्मेदवारहरूको अन्तरवार्ता

६ बर्ष अगाडि

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ती प्रक्रिया सुस्त देखिएको छ । कम्पनीले मंसिर भित्र नै वा पुस १ गतेदेखि नयाँ सीईओको हाजिर गराउने बताउँदै आएको थियो । तर,  अझै सम्म पनि कम्पनीले नयाँ सीईओ पाउने सकेको छैन ।

विबर्तमान सीईओ चिरायु भण्डारीको कार्यकाल सकिएपछि कम्पनीले गत असोज १७ गते सीईओ पदका लगि नयाँ आवेदन खुलाएको थियो । त्यसमा ६ जनाले आवेदन दिएका थिए, त्यसमध्ये दुई जना उम्मेदवार सेमीफाइनलबाट किक आउट भइसकेका छन् । आउट हुनेमा युनाइटेड इन्स्योरेन्सका पूर्व सीईओ शेखर बराल र नविल बैंकका पुर्व कर्मचारी ज्ञानेश्वर आचार्य छन्, जसअनुसार अब प्रतिस्पर्धामा कम्पनीका निवर्तमान सीइओ चिरायु भण्डारी, कृषि विकास बैंकका पुर्व कमृचारी शेष नारायण आचार्य, राष्ट्रिय बाणिज्य बैंकका शंकर रायमाझी र नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक अशोक पौडेल छन् । 

अब छनोट समितिले उनीहरुको अन्तरवार्ता लिएर ३ जनाको नाम सञ्चालक समितिमा बुझाउनुपर्ने हुन्छ । र, सञ्चालक समितिले उक्त तीन जना मध्ये कुनै एक जनालाई सीईओ बनाउने छ । तर, बाँकी रहेको उम्मेदवारको अझै अन्तरवाता हुन सकिएको छ । 

गत मंसिर २२ गते उनीहरुको अन्तरवार्ता लिने कार्यक्रम तय गरिएको थियो । त्यो दिन हुन नसकेपछि मंसिर ३० गते अन्तरबार्ता गर्ने भनियो । तर, मंसिर ३० गते पनि बाँकी उम्मेदवारहरुको अन्तरवार्ता हुन सकेन । अब आगमी पुस ४ गते उनीहरुको अन्तरवार्ता गर्ने योजना तय गरिएको छ । पुस ४ गते ४ बजे पछि अन्तरवार्ता हुने बताइएको छ ।

प्राविधिक समस्याका कारण मंसिर ३० गते अन्तरवार्ता गर्न नसकीएको कम्पनी पक्षको भनाइ छ । यसरी कम्पनीको सीईओ नियुक्तीमा ढिलो हुँदै आएको छ ।
सीईओका लागि अशोक पौडेल र चिरायु भण्डारी बीच कडा प्रतिस्पर्धा भएको बताइएको छ । उनीहरु दुई जनाले नै प्रधानमन्त्री समक्ष यो कुरा पठाइसकेका छन् । उनीहरु दुई मध्ये एक जना कम्पनीको नयाँ सीईओ हुने प्रवल सम्भावना छ ।  

निवर्तमान सीईओ चिरायु भण्डारीको कार्यकाल सकिएपछि गत साउनदेखि यो पद रिक्त  छ । कम्पनीले सीईओ छनोटका लागि अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । उक्त समितिमा नेपाल री का सञ्चालक रमेश राणा र इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) का अध्यक्ष कृष्णप्रसाद आचार्य पनि सदस्यको रुपमा रहेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया