बैदेशिक रोजगार बचतपत्रः आजदेखि आवेदन खुल्ला, कहाँ–कहाँबाट दिने सकिन्छ आवेदन ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले जारी गरेको बैैदेशिक रोजगार बचतपत्र २०८१ मा सम्बन्धीत कामदारले आजदेखि आवेदन दिन सक्नेछन्  । राष्ट्र बैंकले बैदेशिक रोजगारमा गएका कामदारलाई लक्षित गरेर ५ बर्ष अवधीका लागि रू. २० करोडको बचतपत्र जारी गरेको छ । उक्त बचत पत्रमा बैदेशिक रोजगारमा रहेका र हालै नेपाल फर्किएका कामदारले आगमी पुस २९ गतेसम्म आवेदन दिन सक्ने छन् । 
सिटिजन्स बैंक इन्टरनेशन, नविल बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु मनि ट्रान्सफर र सेवा रेमिट प्रालिका मुख्य कार्यलयबाट आवेदन दिन सकिनेछ । साथै, उनीहरुको स्वदेश तथा विदेशमा रहेका एजेन्ट कार्यलय मार्फतमा पनि बचत पत्रमा आवेदन दिन सकिने छ ।उनीहरुले आफू वा आफ्नो परिवारको सदस्यको नाममा उक्त बचतपत्र खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।
कामदारले आवेदन दिँदा राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्ने हुन्छ । साथै, परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात र  नावालकको नाममा संरक्षक भइ खरिद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र पेश गनुपर्ने हुन्छ ।
सरकारले उक्त बचतमा बार्षिक १० प्रतिशतका दरले व्याज दिनेछ । आर्जित व्याज ६÷६ महीनामा भुक्तानी गरिने राष्ट्र बैंकको योजना छ । त्यो व्याजमा कर पनि नलाग्ने राष्ट्र बैंकको भनाइ छ ।  साथै, चाहेको समयमा बिक्री गर्न सकिने र धितोमा राखी बैंकबाट ऋण लिन सकिने व्यवस्था पनि गरिएको छ । र, अवधी सकिएपछि सावा रकम भुक्तानी गरिने बताइएको छ । आपूmलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाण्डौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुबाट व्याज भुत्तानी लिन सकिने व्यवस्था पनि गरिएको छ । 
विदेशमा गएका नेपालीहरुले बार्षिक खर्बौ रकम कमाउने गरेका छन् । तर, उनीहरुलाई बचतको अबसर नहुँदा त्यो पैसा राम्रोसँग परिचान हुन सकेको थिएन । तर अब नेपाली कामदारलाई लगानीको अवसर जुटेको छ  ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया