बम भनेर डिष्पोज गर्दा नुनको पोका भेटिएपछि...

६ बर्ष अगाडि

घोराही उपमहानगरपालिका १५ गुलरीयामा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । गुलरीयाको मातृभूमी टोल स्थित मोहन अधिकारीको घरको गेटमा भेटिएको शंकास्पद बस्तु बम नभएको नेपाली सेनाको टोली पुष्टि गरेको हो ।

पलाष्टिकको पोकामा तार बेरेर राखिएको बस्तुलाई रिपु मर्दन गणबाट गएको नेपाली सेनाले निष्कृय पार्दा भित्र दुई पोका नुन भेटिएको छ । गणका मेजर स्याम थापा क्षेत्रीको कमाण्डमा गएको टोलीले उक्त बस्तुलाई निष्कृय पार्ने क्रममा नून भेटिएको हो । आज बिहान अधिकारीको घर बहिरको गेटमा उक्त बस्तु भेटिएपछि त्यस क्षेत्र त्रसित बनेको थियो ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी सहित नेपाली सेनाको टोलीले लगत्तै उक्त क्षेत्रलाई नियन्त्रणमा लिएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया