लागुऔषधसहित भारतीय नागरिक पक्राउ

६ बर्ष अगाडि

सप्तरीको बोदे बर्साइन नगरपालिका–९ सिमराहाबाट सप्तरी प्रहरीले लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीचौकी काचनबाट खटिएको प्रहरी गस्ती टोलीले भारत विहारका २० वर्षीय जीतेन्द्रकुमार यादव र २२ वर्षीय शङ्कर यादवलाई पक्राउ गरेको जनाएको छ । 

नेपाल–भारत सीमा छेउमा बिआर ३२ वाई ४२६५ नम्बरको मोटरसाइकल पार्क गरी कुरा गरिरहेका उनीहरूलाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार शङ्करले हातमा बोकेको झोलाबाट नाइट्राजेपाम ट्याब्लेट १० पत्ता ९१०० वटा० र डाइलेक्स–डिसी १० बोतल फेला परेको छ । यसैगरी जीतेन्द्रको साथबाट १०÷१० वटा डाइजेल्याब इन्जेक्सन, नोफिन इन्जेक्सन र फेनारगन इन्जेक्सन फेला परेको छ । दुवै जना भारतीय नागरिकविरुद्ध  लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले बताए । 

६ बर्ष अगाडि

प्रतिक्रिया