नबिल बैंकले अनाफ्नो ३५ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको ३४ प्रतिशत लाभांश पारित गर्न उक्त सभा बोलाएको हो ।
यस अघि बैंकले आफ्ना शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर तथा बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न पुस २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे आफ्नो ३५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
हाल ९ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि पूँजी १० अर्ब ९ करोड ३२ लाख रुपैयाँ पूँजी पुग्नेछ ।
प्रतिक्रिया