इलामको माई नगरपालिकामा आजदेखि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिँदैछ । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिएको हो ।
नगरपालिकाको काम छिटो तथा आधुनिक बनाउन पहल भइरहेका बेला यस प्रविधिले पनि सहयोग मिल्ने नगरपालिकाका प्रमुख दीपक थेवेले बताए। यसका लागि आवश्यक इन्टरनेट जडान भइसकेको, कम्प्युटर र दक्ष कर्मचारीसमेत नगरपालिकाले ठिक पारेको उनले बताए। यसका लागि नगरपालिकाका कर्मचारीलाई दुईदिने तालीम दिइएको, नगरपालिकाका केही कर्मचारी र प्रत्येक वडामा एक÷एक कर्मचारीलाई यससम्बन्धी तालीम दिएर काम गर्न सक्ने बनाइएको उनले बताए ।
सदरमुकामभन्दा टाढा रहेका स्थानीय तहहरुमा इन्टरनेटको समस्या पर्ने गर्दछ । तर यहाँ भने आवश्यक नेट जडानपछि खासै समस्या नहुने बताइएको छ । यसअघि नै जिल्लाको इलाम, देउमाई र सूर्योदय नगरपालिकामा भने अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु भइसकेको छ ।
प्रतिक्रिया