सिन्धुपाल्चोक दुर्घटनाले स्तब्ध बनायोः मन्त्री नेपाल

६ बर्ष अगाडि

सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएकाप्रति  प्रदेश– ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले दुःख व्यक्तगरेका छन् । 

आज एक शोक सन्देश प्रकाशित गर्दै मन्त्री नेपालले दुर्घटनामा परी १५ जनाको ज्यान गएको घटनाले आफू स्तब्ध र मर्माहित भएको बताउँदै दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा मृतकका परिवार तथा आफन्तमा समवेदना प्रकट गरेका हुन् । सन्देशमा मन्त्री नेपालले घोइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया