घुसलिँदालिँदै पक्राउ परेका डीएसपीले पाए सफाई

६ बर्ष अगाडि

घुस लिँदालिँदै पक्राउ परेका नेपाल प्रहरीका प्रहरीका नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईले  विशेष अदालतबाट सफाई पाएका छन् ।   

राईलाई विशेषका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले सफाई दिएको हो । 

महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख रहँदा उनले बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले पक्राउ गरेकाे थियाे ।  

२० असोज २०७५ मा पक्राउ परेका उनलाई अख्तियारले २८ कात्तिकमा विशेष अदालतमा मुद्धा दायर गरेको थियो । 

विशेष अदालतले त्यसको २९ कात्तिकमै उनलाई  धरौटीमा रिहा गरेको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया