पाँच लाख घुस खाने मालपोत अधिकृतविरुद्ध विशेष अदालतमा मुद्धा

६ बर्ष अगाडि

सेवाग्राहीसँग रु पाँच लाख घुस खाने सिराहाका मालपोत अधिकृतविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर दायर गरेको छ । 

मुद्धाको प्रयोजनका लागि व्यक्तिलाई जग्गा सम्बन्धी कागजातहरु दिँदा ५ लाख घुस लिने अधिकृत रामबाबु मण्डलविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो । 

मण्डल आफू भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख हुँदा अदालतमा बिचाराधीन मुद्धाका लागि मालपोत कार्यालयले दिनुपर्ने कागजात लिन आएका सेवाग्राहीसँग घुस लिएका थिए । 

उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै  सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 

उनले भ्रष्टाचारजन्य कसुर गरेको स–प्रमाण पुष्टि भएकालेले बिगो रु. पाँच लाख  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही उपदफाको खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी गरीएको अख्तियारले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया