काठमाडौं – बलात्कारको आरोप लागेका तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
३० वर्षकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
प्रहरीका अनुसार ३९ वर्षका रोमराज पुतुवार र ४९ वर्षका लाले गुरुङ पक्राउ परेका छन् ।
प्रतिक्रिया