नेप्सेमा निराशा, ४० करोड कारोबार हुँदा १३ अंकको गिरावट

६ बर्ष अगाडि

साताको दोस्रो कारोबारका दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से १३.७५ अंकले घटे्को छ । 

गत साताभरी बढ्दो अवस्थामा रहेको परिसूचक हिजोबाट भने ओरालो लाग्न थालेको हो ।

आज बजार खुलेको केही समयमा उकालो लागेको नेप्से परिसुचक पुन ओरालो लागेपछि १३.७५अंकले घटे्को हो । त्यस्तै आज क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटे्को छ । 

आज ११६७.८२ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से अन्तिम समय सम्म आइपुग्दा ११५४.१२ अंकमा पुगेको छ । 

आज कारोबारमा आएका सबै समुह घट्दा कूल १७१ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर रु ४०करोड ७९ लाख मूल्यमा खरीद बिक्री भएका छन् ।

आज ११ बजे ११६७.८२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने कारोबारको अन्तिम समय सम्म आउँदा त्यो परिसुचक १.१८ प्रतिशतले घटे्को छ ।

गत साता ४०.७२ विन्दुले बढेको नेप्से हिजो भने ४.७८ अंकले घटेको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया