प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस

६ बर्ष अगाडि

 प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ । प्रदेशको नाम तथा राजधानी तोक्न गठन गरिएको विशेष समितिले लुम्बिनी नाम राख्न सिफारिस गरेको हो । 

डेढ वर्षअघि गठित समितिले समितिले प्रस्ताविक नाम सहितको प्रतिवेदन प्रदेश सभालाई बुझाउने तयारी गरेको छ । समितिले राजधानीको ठाँउ भने एकिन गरेर सिफारिस गरेको छैन ।

समितिले राजधानीका लागि रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ र लमहीलाई विकल्पको रुपमा अघि सारेको छ ।

एकै ठाँउमा राजधानी तोक्दा विवाद हुने देखिएपछि समितिले स्थान नतोकेको बुझिएको छ । पाँच नम्बर प्रदेश सभाले २०७५ साउनमा दिपेन्द्र पुनको संयोजकत्वमा नाम र राजधानी सिफारिस गर्न विशेष समिति गठन गरेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया