शेयरबजार : दुई घण्टामा १.२३ अंकको गिरावट

६ बर्ष अगाडि

आज सोमबार नेप्से कारोबार सुरु भएको दुई घण्टामा १.२३ अंकले घटेको छ । 

गत साताभरी बढ्दो अवस्थामा रहेको परिसूचक हिजोबाट भने ओरालो लाग्न थालेको हो ।

आज ११६७.८२ को बिन्दुबाट सूरु भएको कारोबार दुई घण्टाको अवधीमा ११६६.६४ बिन्दुमा पुगेको छ ।

आज ११ बजे ११६७.८२  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.११ प्रतिशतले घटेको छ ।

कारोबार सुरु भएको दोस्रो घण्टाको सूरुवातमा १० अंकको हारहारीमा ओरालो लागेको परिसूचक यस अवधीको अन्तिम समयमा भने उक्लीएको हो ।

गत साता ४०.७२ विन्दुले बढेको नेप्से हिजो भने ४.७८ अंकले घटेको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया