दुई स्थानमा शंकास्पद वस्तु फेला

६ बर्ष अगाडि

दुई दिन अगाडी बम बिस्फोटमा ३ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै जनकपुरका दुई ठाउँमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको छ।  जनकपुरधाम उपमहानगरपालिका( ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु गए राति ९ बजे फेला परेको हो।

बम हो वा होइन भन्ने यकिन नभइसकेको र घटनास्थल वरपर आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। स्थानीय एक पसलको पर्खालमा झोलाभित्र राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ।

शंकास्पद वस्तु भेटिएपछि रंगभूमि मैदान वारहविघा छेउमा स्थानीयहरु त्रसित बनेका छन्। घटनास्थलमा घेरा हालेर आवत जावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए।

यस्तै जनकपुरधाम उपमहानगरपालिकामा एउटा बम डिस्पोज नहुँदै वडा नम्बर ९ को नै सरस्वती नमुना माध्यमिक विद्यालय नजिकै आज बिहान फेरि अर्को शंकास्पद वस्तु फेला परेको थियो।अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलि पुगिसकेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया