अमेरीकाको हवाइट हाउस देखि डिसीस्थिीत भारतीय राजदुतावास सम्म नेपालको भुमी अतिक्रमण गरेको विरोधमा नेपालीहरुले प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शन गरेका हुन र यस अघि पनि नेपालका बिभिन्न स्थानमा बिरोध जनाइएको थियो।
अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोमा दुई पटक चक्कर लगाएपछि अगाडि बढेको विरोध जुलुस डिसीको मुख्य शहर हुँदै भारतीय राजदूतावाससम्म प्रर्दैशन गदै पुगेको थिए।
उक्त विरोध जुलुसमा अंग्रेजी तथा नेपाली दुवै भाषामा नाराहरु लेखिएका प्रचार सामग्री प्रदर्शन गरिएको थियो ।राष्ट्रिय पोशाकमा सजिएका र नेपालको राष्ट्रिय झण्डा बोकेका सहभागीहरुले ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो’, ‘गो ब्याक इण्डिया’ भन्दै नारा लगाएका थिए ।
अमेरिकाको राजधानी वाशिंगटन डिसीको बीच सडकबाट भारत विरोधी नारासहित गरिएको प्रदर्शनले सबैको ध्यानाकर्षण गर्न सफल भएको बिरोध जुलुसका संयोजक तथा बानाका पूर्वअध्यक्ष कुलमणि आचार्यले बताए ।
प्रतिक्रिया