त्रि.वि. स्कुल अफ म्यानेजमेन्टद्वारा संचालित हल्ट पुरस्कार आज भब्य्ताका साथ सम्पन्न भएको छ ।
यस वर्षको उक्त कार्यक्रममा नेपाल कर्मश क्यापसका विद्यार्थी क्रमशः सिम्रन नाथ,युवरज जोशी र उज्ज्वल बुढाथोकी बिजेता भएका छन् ।
उनीहरुलाई क्याम्पस निर्देशक हल्ट पुरस्कार त्रिभुवन विश्वविद्यालय, प्रज्ञा ज्ञवालीद्वारा सम्मानित भएका छन् ।
विश्व विद्यालयको एम.बी.ए द्वितीय सेम्सटरमा अध्ययनरत प्रज्ञा ज्ञवाली पांच महिना अघि हल्ट पुरस्कारबाट त्रिभुवन विश्वविद्यालयको क्यम्पस निर्देशकमा चुनिएकी थिइन् ।
स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा नेपाल टेलिकम को सहयोजनामा आयोजित कार्यकर्ममा विभिन्न क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
साथै नेपालको व्यावसायिक क्षेत्रमा टेवा पुर्याएका अग्रीण उद्यमीहरूको निर्णायीक भूमिका रहेको थियो ।
ूबोल्ड बिजनेस फर बेटर प्लानेटू च्यालेन्जका लागि विद्यार्थीद्वारा सिर्जित बिजनेस प्लानबाट विद्यार्थीको क्षमता र ज्ञानको उचित मूल्यांकन गर्दै कार्यक्रममा प्रविष्ट निर्णायक भूमिका खेलेका थिए ।
कार्यक्रममा त्रि.वि हल्ट पुरस्कारका प्रोग्राम कोअर्डिनेटर प्रज्ज्वल गुरागाई ले संचालन गरेका थिए।
विशेषतः वाणिाज्य संकायका विद्यार्थीको सहभागिता रहेको यस कार्यक्रममा कुल १००ं मध्य चुनियका ४० वटा समूहको उपस्थिति रहेको थियो। काठमाडौं लगायत नेपालको विभिन्न क्याम्पसका विद्यार्थीहरूले व्यवसायिक शिर्षकमा आफ्नो प्रस्तुति दिएका थिए । कूल २१ निर्णायकहरूले दुवै चरणमा विद्यार्थीको प्रस्तुतिलाई मूल्यांकन गरि नतिजा दिएका थिए ।
प्रतिक्रिया