दुई संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ बर्ष अगाडि

कामना सेवा विकास बैंक र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

दुवै कम्पनीेले साधारण सभा प्रयोजनका लागी बुक क्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।

यस अघि कामना सेवा  बैंकले ६।८ प्रतिशत नगद लाभांश र निर्धन उत्थान लघुवित्तले ३० प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कामना सेवाले पुस १७ गते मृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे आफ्नो  १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले पुस १३ गते सेलिब्रेसन ब्याङ्क्वेट पार्टी प्यालेस, नक्सालमा बिहान साढे १० बजे आफ्नो  एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया