काठमाडौं–संवैधानिक व्यवस्थाअनुसार केपी ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ ।
बुधबार सरकारका २ मन्त्री र १ राज्यमन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ दिलाएसँगै सरकारले पूर्णता पाएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा भण्डारीले शपथ कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराए ।
योसँगै अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय, २२ मन्त्री तीन राज्यमन्त्री भएका छन् । मन्त्रिमण्डलमा नेकपा र सङ्घीय समाजवादी फोरम नेपाल सहभागी छन् जसमा चार जना महिला छन् ।


प्रतिक्रिया