केपी ओली प्रधानमन्त्री बनेसँगै शेयर बजार उर्लियो

७ बर्ष अगाडि

काठमाडौँ- नयाँ सरकार गठन हुने भएपछि शेयर बजारमा उछाल आएको छ ।

शेरबहादुर देउवाका प्रधानमन्त्रीमा नियुक्त हुनु भन्दा अगाडि देखि नै ओरालो लाग्न थालेको बजार लामो समयसम्म न्यूनतम् मनोविज्ञानलाई पछ्याँउदै आएको थियो ।

वाम गठबन्धनको सरकार बन्ने घोषणा भए लगत्तै १३८० को बिन्दुमा रहेको बजार एक्कासी बढेर १४२४.९५ बिन्दुमा पुगेको हो ।

बजारले वामगठबन्धनको सरकारलाई हरियो झण्डा देखाएर स्वागत गरेको छ ।

लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मानि गर्ने सेन्सेटिभ परिसूचक समेत ७.७२ बिन्दुले उकालो लागेर ३०१.३० बिन्दुमा पुगेको छ ।

नेप्सेकाअनुसार आज १६५ कम्पनीको १५ लाख ६ हजार ६३४ कित्ता शेयर रु ६६ करोड ३९ लाख ५६ हजार २४९ मूल्यमा खरिद बिक्री भएको हो ।

अधिकाशं परिसूचक आज उकालो लागेकाले धितोपत्र बजार समेत सकारात्म्क तवरले अगाडि बढेको हो । बैकिङ  ३१.३९, व्यापार ५.९९, होटल २२.९६, विकास बैंक ५५ं५, जलविद्युत् ४९.०४, फाइनान्स १७.५५, बीमा २१३.९५, उत्पादन ५०.७५, अन्य ७.३६ र माइक्रोफाइनान्स ६२.९१ बिन्दुले उकालो लागेको छ ।

नयाँ सरकार गठन हुन लागेको सन्दर्भमा लगानीकर्तामा आत्मविश्वास पैदा भएको जानकारहरुले बताएका छन् ।

बजार बढ्ने आशामा रहेका लगानीकर्तालाई राजनीतिक स्थिरताको खबरले प्रभाव पारेको हुन सक्ने धितोपत्र बजारका जानकारले बताएका छन् । इन्भेस्टर फोरमले राजनीतिक स्थिरतासहितको बहुमतको सरकार बन्ने भएपछि बजारमा उछाल आएको प्रतिििक्रया दिएको छ ।

स्टकले भने बजारको वृद्धिलाई प्राकृतिक परिघटना भएको. जनाएको छ । शेयर दलाल व्यवासायीले भने आफूहरुलाई नियमक निकायले नबोल्न भनेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरे । अनौपचारिक सम्वादमा एक शेयर दलाल व्यवसायीले राजनीतिक स्थिरताको मनोविज्ञान शेयर बजारमा परेको प्रतिििक्रया दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया