धनुषा बम विस्फोटः ३ जना पक्राउ

६ बर्ष अगाडि

प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् । 

दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २  संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् ।

३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी कार्कीले बताए ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा विस्फोट हुँदा साहसहित प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु भएको थियो । यस्तै अन्य ४ जना घाइते भएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया