सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण

६ बर्ष अगाडि

सगरमाथा सिमेन्ट प्रालि घोराहीले राप्ती बहिरा सङ्घ तुलसीपुरलाई ७० थान कम्मल प्रदान गरेको छ ।

सङ्घले सञ्चालन गर्दै आएको छात्रावासमा बसोबास गर्ने सुस्त श्रवण भएका बालबालिकालाई जाडोबाट बचाउनका लागि बिहीबार उक्त परिमाणको कम्मल प्रदान गरेको हो । 

सो अवसरमा सङ्घका निर्देशक प्रतिमा शर्माले छात्रावासमा नै आएर  बालबालिकालाई कम्मल वितरण गरेकोमा  धन्यवाद दिए। सो छात्रावासमा साविकको राप्ती अञ्चलका पाँच वटै जिल्लाका दुई दर्जन भन्दा बढी सुस्त श्रवण भएका बालबालिका बसोबास गर्दै आएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया