नबिल इन्भेष्ट बैंकिङ्गले आफ्ना ग्राहकहरुलाई डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ।
नबिल इन्भेष्टले एक सूचना मार्फत एक साताभित्र डिम्याट खाता नवीकरण गराउन आफ्ना हितकारी ग्राहकलाई अनुरोध गरेको हो ।
यस अघि पनि कम्पनीले ग्राहकलाई पटक पटक डिम्याट खाता नवीकरण गराउन अनुरोध गरेको थियो ।
कम्पनीले त्यस समय खाता नवीकरण नगराएका निक्षेप सदस्यले ७ दिन भित्र डिम्याट खाता नवीकरण नगराए खाता रोक्का गरिदिने चेतावनी दिएको छ ।
खाता नवीकरण गर्न डिम्याट खाता सञ्चालन गरेवापत प्रत्येक खातावालाले शुल्क वापत एक सय रुपैयाँ तिनुपर्ने हुन्छ भने मेरोशेयर प्रयोगकर्ताका लागि थप ५० रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ ।
प्रतिक्रिया