सोल्टी होटलले नेप्सेमा शेयरमूल्य समायोजन गरेको छ ।
होटलले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुकक्लोज गरेसँगै आज नेप्सेमा शेयरमूल्य समायोजन गरेको हो।
होटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव पारित गर्न होटलले आगामी पुस २४ गते ४५ औं वार्षिक साधारणसभा बोलाएको छ ।
१५ प्रतिशत बोनस समायोजन गरी नेपसेले होटलको प्रतिकित्ता शेयर १८७ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ।
प्रतिक्रिया