सगरमाथा ब्राण्डको ओपीसी सिमेन्ट गुणस्तरहीन भेटियो

७ बर्ष अगाडि

बर्दिया–सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट गुणस्तरहीन रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुलरियाले (बर्दिया) बजार अनुगमनबाट सो  सिमेन्टमा गुणस्तरता नपाएको जनाएको छ । 
जिल्ला प्रशासन कार्यालय गुलरियाले घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादन हुने सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट गुणस्तर तथा नापतौल विभागले गुणस्तर नभएको जानकारी  गराएको भन्दै अर्को सुचना जारी नभएसम्म सो सिमेन्ट प्रयोग नगर्न भनेको छ । 
जेठ ३१ गते अनुगमन भएको थियो । सो अनुगमनबाट गुणस्तर नपाएपछि विभागले जिल्ला प्रशासन गुलरियालाई असार १ गते पत्रमार्फत जानकारी गराएको थियो । उद्योगलाई कालो बजार तथा सामाजिक अपराध सजाय ऐन अन्र्तगत काराबाहीको प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी महेन्द्रजंग शाहीले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया