नेपाल बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
साधारणसभा प्रयोजनको लागि बैंकले मंसिर २६ गतेबाट बुक क्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।
यस अघि बैंकले आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत बोनस दिने प्रस्ताव गरेको थियो ।
उक्त बोनस प्रस्ताव पारित गर्न बैंकले पुस ७ गते सोमबार राष्ट्रिय सभागृह काठमाण्डौंमा पच्चिसौं वार्षिक साधारण सभा बोलाएको छ ।
हाल ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार २२६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपश्चात पूँजी ८ अर्ब ४९ करोड २७ लाख १४ हजार १८७ रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया