साग पुरुष फुटबल: भुटानले फर्कायो जवाफी गोल

६ बर्ष अगाडि

काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा  भुटानले जवाफी गोल फर्काएको  छ । दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको  खेलको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका छन् । यसअघि नेपालका तर्फबाट अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

स्वर्ण पदकका लागि भएको फाइनल प्रतिस्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ । राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो ।
सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया