अर्थमन्त्री डा खतिवडाले समानता बढाउन आम्दानीमा पनि वृद्धि हुनुपर्ने बताएका छन्। मानव विकास प्रतिवेदनले समाजका फरकफरक आयामलाई समेटने भन्दै उनले समानता समृद्धिसँगै आउने भएकाले त्यसका लागि स्रोतको समान वितरणदेखि नीतिगतरुपमा सुधार एवम् सहकार्यसमेत जरुरी रहेको बताए ।
नेपालमा हरेक वर्ष जसो गरिबी एक प्रतिशतका दरले घट्दै आएको भन्दै विकासित देशले अन्य देशको गरिबी तथा असमानता घटाउनका लागि के कस्तो प्रयास गरेका छन् भन्ने विषय पनि महत्वपूर्ण रहेको बताए ।
समतामूलक समाज निर्माणका लागि सबै वर्ग तथा क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण सहयोग रहनुपर्नेमा अर्थमन्त्रीको जोड थियो । नेपालमा पनि सबै ज्येष्ठ नागरिकलाई समानरुपमा भत्ता वितरण गरिएको सन्दर्भ उल्लेख गर्दै उहाँले धनीले पनि लिने र गरिबले पनि लिने अवस्थाले केही असमानता ल्याए जस्तो देखिने उल्लेख गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार पूmयाँल, त्रिभुवन विश्वविद्यालयका रजिष्टार डा डिल्लीराम उप्रेती, यहाँस्थित राष्ट्र सङ्घका प्रतिनिधि भ्यालेरी जुलियान्डले मानव विकास सूचकाङ्काका विविध आयामको मिहिन अध्ययन गरी कमजोरी देखएिका क्षेत्रमा सुधारको प्रयास थाल्नुपर्ने बताए ।
प्रतिक्रिया