सागमा नेपालले ५० स्वर्ण पुरा, सनिलले जिते बक्सिङमा स्वर्ण

६ बर्ष अगाडि


दक्षिण एसियाली खेलकुद सागमा नेपालले स्वर्णको संख्या ५० पुर्याएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताएअनुसार सागमा यसपटक नेपालले स्वर्णमा अर्धसतक पुरा गरेको छ ।

सागको इतिहासमा नेपालकालागि सबै भन्दा सफल संस्करण रहेको १३ औं सागमा नेपाललाई ५० औं स्वर्ण दिलाउने खेलाडी बक्सिङका सनिल शाही बने । उनले पुरुष ६० केजीको लाइटवेटमा नेपालका लागि ऐतिहासिक ५० औं स्वर्ण दिलाए । यसका साथै उनले सागमा ब्यक्तिगत पहिलो स्वर्णपनि हात पारे ।

उनले भारतका साविक विजेता भरिन्दर सिंहलाई हराए ।

यस्तै महिला तर्फ नेपालले दुई रजत हात पारेको छ । नेपालकी माला राई फाइनलमा भारतीय खेलाडीसँग पराजित भइन ।

सातदोबाटो बक्सिङ हलमा भएको प्रतिस्पर्धामा नेपालकी माला भारतकी पिंकी रानीसँग फाइनलमा पराजित भइन । उनी पाँच शुन्यको स्कोरमा हार्न पुगिन । बक्सिङमा नेपालले अहिलेसम्म दुई स्वर्ण जितेको छ ।

यस्तै महिलाको ६४ केजी तर्फ लाइटवइटमा नेपालकी पुनम रावलले रजतमा चित्त बुझाइन । उनी भारतीय खेलाडी मञ्जु बम्बोरियासँग पराजित भइन ।

६ बर्ष अगाडि

प्रतिक्रिया