प्रहरीले माफी नमागे साग बहिष्कार गर्ने चेतावनी

६ बर्ष अगाडि

दशरथ रंगशालामा पत्रकार कुट्ने प्रहरीले माफी नमागे दक्षिण एसियाली खेलकुद (साग)को रिपोर्टिङ बहिष्कार गर्ने चेतावनी खेल पत्रकारहरुले दिएका छन्।

उनीहरुले घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेको पनि बताएका छन्।

साग फुटबलको फाइनल खेल सुरु हुनलाग्दा कुनै पनि खेल पत्रकार रंगशाला छिरेका छैनन्।

नेपाली खेल पत्रकारको आन्दोलनमा बंगलादेशी र श्रीलंकाली खेल पत्रकारले पनि साथ दिएका छन्। 

मंगलबार रंगशालामा रिपोर्टिङका लागि पुगेका पत्रकार सुमन चापागाईंलाई सोह्रखुट्टे प्रहरी वृत्तका डीएसपी सन्तोषसिंह राठौरले मुक्का हानेका थिए।

चापागाइँले प्रहरीले सर्वसाधरणमाथि गरेको ज्यादतीको भिडियो र तस्बिर खिचिरहेका थिए।

पत्रकार चापागाईँमाथि हातपात गर्ने प्रहरीमाथि कारबाही हुने महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले बताएका छन्। यद्यपि विवाद समाधान भने भइसकेको छैन। 

६ बर्ष अगाडि

प्रतिक्रिया