विश्व एन्टी डोपिङ एजेन्सी वाडाले रसियालाई चार बर्षका लागि प्रतिबन्ध लगाएको छ । जसका कारण रसियाले टोकियो ओलम्पिक र कतार विश्वकप खेल्न नपाउने भएको छ ।
वाडाले गरेको यो निर्णयपछि रसियाका खेलाडीलाई ठुलो मार पर्ने भएको छ । तर यदि कुनै रसियन खेलाडीले आफु डोपिङमा संलग्न नभएको प्रमाणित गरेमा तथष्ट रुपमा ओलम्पिकमा सहभागिता जनाउन पाउने भएका छन ।
स्विट्जरल्याण्डको लुसानमा भएको वाडाको बैठकले यो निर्णय गरेको हो । यहि जेनेजरीमा रसियाको एन्टी डोपिङ एजेन्सीले आफ्ना सबै प्रमाणहरु वाडालाई बुझाएको थियो । त्यसका अध्ययन पछि वाडाले यो निर्णय गरेको हो ।
अब रसियालाई यो निर्णय विरुद्ध अपिल गर्नका लागि २१ दिनको समय दिइएको छ ।
प्रतिक्रिया