कारोबारको सुरुवातबाटै नेप्सेमा उत्साह

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएदेखि नै उकालो लागेको छ ।

आज ११४९.१० को विन्दुबाट सुरुभएको कारोबार अहिलेको अवस्था सम्म आइपुग्दा ५.५८ अंकले बढेर ११५४.३८ बिन्दुमा पुगेको छ ।

कारोबार सुरु हुनसाथ ९ अंकको हारहारीमा उक्लेको नेप्से पहिलो घण्टाको अन्तिम समय सम्ममा ५ अंकको हारहारीमा रहेको थियो ।

आज ११ बजे ११४९.१० विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.४९ प्रतिशतले बढेको छ ।
 


 

६ बर्ष अगाडि

प्रतिक्रिया