काठमाडौं – बीमा समितिले बीमा कम्पनीहरूलाई भ्रमण बर्षको प्रबद्र्धनमा सहयोग गर्न निर्देशन दिएको छ । समितिले सोमबार एक पत्रिपत्र जारी गर्दै कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।
निर्देशनअनुुसार अब बीमा कम्पनीहरूले आफ्नो आधिकारीक वेवसाइटमा भ्रमण बर्षको लागो राख्नुपर्ने भएको छ । साथै, कम्पनीको वेवसाइटमा भ्रमण बर्ष सचिवालयको वेवसाइट पनि लिंक गर्नुुपर्ने बताइएको छ । साथै, कम्पनीहरुले प्रकाशन गर्ने वुलेटीनमा पनि भ्रमण बर्ष सम्बन्धी लेख रचना समाबेश गर्नुपर्ने निर्देशन जारी गरिएको छ ।
यस्तै, कम्पनीका कुनै कर्मचारी तथा प्रतिनिधि विदेश भ्रमणमा जाँदा बर्षबारे जानकारी तथा वक्तव्य दिनुपर्ने समितिको निर्देशन छ । साथै, नेपालमा हुने अन्तरराष्ट्रिय स्तरका कार्यक्रममा अनिवार्य रुपमा नेपाल भ्रमण बर्ष प्रवद्र्धन डेस्क राखि प्रचार प्रसार सामग्री एंव उपचार दिने व्यवस्था पनि गर्नुपर्ने बताइएको छ ।
यस्तै, कम्पनीहरूले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण बर्षको सचिवालयसँग समन्वयन गरेर पर्यटकको प्रमुख गन्तव्य स्थलमा सामाजिक उत्तर दायित्व (सीएसआर) का क्रियाकलाप गर्नुपर्ने निर्देेशनमा उल्लेख छ । त्यस्ता ठाउँहरुमा शौचालय, डस्वीन, पिउने पानी, बिश्रामस्थल जस्ता पुर्वाधार बनाउनुपर्ने समितिको भनाइ छ ।
साथै, जनवरी १ तारिखमा संघीय राजधानी र प्रदेश राजधानीमा हुने भ्रमण बर्षको उद्घाटनमा कम्पनीका कर्मचारीहरु अनिवार्य रुपमा उपस्थीति हुनुपर्ने निर्देशन जारी गरीएको छ ।
प्रतिक्रिया