खरले छाएको घरमा आगलागी

६ बर्ष अगाडि

दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको अन्नपापत, भाँडावर्तनलगायतका सामग्री जल्दा रु एक लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए।

उनका अनुसार आगो बिहान २ः०० बजेतिर नियन्त्रणमा लिइएको थियो । दाङमा प्रायः खरले छाएका घरमा आगलागी हुने समस्या रहेको छ । फुसले छाएका घरहरु हटाउने अभियानमा यहाँका जनप्रतिनिधि क्रियाशील रहेका छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया