साईप्रसमा एक नेपाली विद्यार्थीको ज्यान गयो

६ बर्ष अगाडि

साईप्रसको पापोस शहरमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेको खबर छ । 

झापा जिल्लाको दमक स्थायी घर भएका २३ वर्षीय धकराज कार्कीले आत्महत्या गरेका हुन् । 

आइतबार बिहान आफ्नो कोठामा झुन्डिएको अवस्थामा कार्कीलाई फेला पारिएको साइप्रस प्रहरीले जनाएको छ। 

६ महिनाअघि विद्यार्थी भिसामा त्यहाँ पुगेका कार्की निकोसिया सहरको सिटी युनिटी कलेजमा अध्ययनरत थिए ।

परिवारको आर्थिक स्थिति  कमजोर भएको र त्यहाँ काम पाउन समस्या परेकाले मानसिक तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने साईप्रस प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया