बक्सिङमा मीनु गुरुङ लाई स्वर्ण

६ बर्ष अगाडि

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ ।

सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेकी हुन्। यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो ।     
     

६ बर्ष अगाडि

प्रतिक्रिया