पर्सा, बारा र रौतहटमा बग्ने गण्डक नहरमा यो वर्षको गहुँ बालीका लागि पानी नआउने भएको छ ।
भारतीय क्षेत्रमा दोन नहरमा साइफन बनाउने काम भइरहेकाले यतिबेला पानी नछाड्ने भारतीय पक्षले जनाएकोले पानी नआउने भएको हो ।
गहुँबालीका लागि पुस १५ देखि पानी छाड्नुपर्ने थियो । तिहार अगावै भारतीय पक्षले पत्र पठाएर उता मर्मतको काम हुने भएकाले पानी छाड्न नमिल्ने जानकारी दिएको थियो ।
पर्साको जिरो आरडी दसौतादेखि रौतहटको बागमतीमा गएर झरेको नहरको लम्बाई ८१ किलोमिटर छ । यसमा भारतीय पक्षले वर्षमा दुईपटक गरी साढे आठ सय क्युसेक पानी छाड्ने सम्झौता भए पनि चार सयदेखि ६ सय क्युसेकको बीचमा पानी छाड्ने गरेको छ ।
गहुँ बालीको सिजनमा नहरमा पानी नआउने भएपछि किसानहरु भने चिन्तित छन् ।
प्रतिक्रिया