काठमाडौँ- भूकम्पका कारण भत्किएर संरक्षणको पखाइमा रहेको धरहराको अवशेष (ठूटो भाग) जोगाउन बुधबार त्रिपाल ओढाइएको छ ।
स्मारकका रूपमा यथावत् राख्न खोजिएको धरहराको ठूटो भागले ओत नपाउँदा वर्षाद्को झरी र चर्को घामले दिनानुदिन जीर्ण भइरहेको देखेपछि काठमाडौंँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले त्रिपाल ओढाउने निर्णय गरेकी हुन् ।
उनले भनिन्,‘ संरक्षणको पखाईमा रहेको स्मारक दिनहुँ जीर्ण बन्दै गएकाले केही समयको लागि त्रिपालले छोपेर भए पनि त्यसको संरक्षण गर्ने प्रयास गरिएको हो ।’ यसअघि पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरालाई वर्षाद्को पानीबाट जोगाउन भनेर प्लाष्टिकले छोप्ने काम भएको थियो । तर एक वर्षमा प्लाष्टिक च्यातिएर झनै दुरवस्थामा पुगेको थियो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया