मंगलबार जोर नंम्बरका मात्रै गाडी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । दक्षिण एसियाली खेलकुद( साग )को समापनको दिन ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउने भन्दै उपत्यकावासीहरुलाई ट्राफिक प्रहरीले उक्त अनुरोध गरेको हो ।
ट्राफिक प्रहरीले समापनका दिन सरकारी, अत्याबश्यक सेवा, खेलकुद सम्बद्ध, सञ्चारकर्मी तथा पर्यटन आवद्ध सवारी साधनहरु जोर नम्बरको मात्रै चलाउन अनुरोध गरेको छ । ठुला सवारी साधन, अबस्था ठिक नभएका सवारी साधन नचलाउन, कम सवारी साधन निकाल्न तथा हर्नलाई पूर्ण रुपले निषेध गर्न पनि आग्रह गरेका छ । त्यस्तै दशरथ रंगशाल वरिपरीको सडकमार्ग सरभर प्रयोग नगरी बैकल्पीक मार्गको प्रयोग गर्न तथा ट्राफिक नियमलाई पूर्ण रुपमा पालना गर्न ट्राफिक प्रहरीले भनेको छ ।
मंसिर १५ बाट काठमाडौं र पोखरामा सुरु भएका सागको भोली मंसिर २४ गते अन्तिम दिन हो ।
प्रतिक्रिया