विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गर्न प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ।
यस अघि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भने पनि त्यसलाई संशोधन गरि अहिले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।
प्रतिक्रिया