कैलालीको अत्तरिया बसपार्कमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिक–२ स्थित अत्तरिया बसपार्कमा बैतडीको मल्लादेही–८ का ४४ वर्षीय दामोदर सिंह धामी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
मालाखेतीका प्रहरी प्रमुख डीएसपी ज्ञानबहादुर बिष्टले एक सातादेखि प्रतीक्षालयमा बस्दै आएका धामीको मृत्यु भएको बताए । मृत्युको कारण भने खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया